सेयर

नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार

इकागज |
असोज ६, २०८१ आइतबार १५:३५ बजे

फाइल फाेटाे

काठमाडौँ - नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ । आइतबार नेप्से ११ अङ्कले बढेर २५८८. ३५ विन्दुमा रोकिएको हो ।

आज ३२५ कम्पनीको कारोबार हुँदा एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० को खरिद बिक्री भएको छ ।


नेप्सेका अनुसार आज इस्टर्न हाइड्रो र अपर स्याङ्जा हाइड्रोको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज रावा इनर्जीको शेयर मूल्य सबैभन्दा बढी ८.६५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी २७ करोड ८० लाख २७ हजार ७१५ बराबरको शेयर कारोबार भएको छ ।  त्यस्तै आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्डको शेयरको सबैभन्दा बढी ६ लाख ४७ हजार २०३ कित्ता शेयर कारोबार भएको छ  ।


Author

थप समाचार
x