सेयर

नेप्सेमा ५८ अंकको गिरावट, ५ अर्बको कारोबार

इकागज |
असोज ८, २०८१ मंगलबार १५:२९ बजे

फाइल फाेटाे

काठमाडौँ  - नेप्सेमा आज ५८ अंकको गिरावट आएको छ । मंगलबार नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा रोकिएको हो ।

आज ३०९ कम्पनीको कारोबार हुँदा एक करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१  हजार ३५६ को खरिद बिक्री भएको छ ।


नेप्सेका अनुसार आज स्वरोजगार लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ८.८१ प्रतिशतले बढेको छ । त्यस्तै, आज हिमालयन हाइड्रोको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १८ करोड ४१  लाख ६३ हजार ६६ बराबरको सेयर कारोबार भएको छ ।  त्यस्तै आज प्रभु सेलेक्ट फन्डको सेयरको सबैभन्दा बढी ८ लाख ४० हजार ४९८ कित्ता सेयर कारोबार भएको छ  ।


Author

थप समाचार
x