सेयर

नेप्सेमा ३२ अंकको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार

इकागज |
असोज १०, २०८१ बिहीबार १५:२५ बजे

फाइल फाेटाे

काठमाडौँ - नेप्सेमा आज ३२ अंकको गिरावट आएको छ । बिहीबार नेप्से ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा रोकिएको हो ।

आज ३२२ कम्पनीको कारोबार हुँदा एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० को खरिद बिक्री भएको छ ।


नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको शेयर मूल्यमा सबै भन्दा बढी ९.८५ प्रतिशतले बढेको छ । त्यस्तै, आज ग्रीन भेन्चर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी आज अपि पावरको सबै भन्दा बढी ४७ करोड ९९ लाख ६७ हजार २२४ बराबरको शेयर कारोबार भएको छ ।  त्यस्तै आज अपि पावरकै शेयरको सबैभन्दा बढी १६ लाख ६८ हजार ३७४ कित्ता शेयर कारोबार भएको छ ।


Author

थप समाचार
x