सेयर

नेप्सेमा २३ अंकको गिरावट

इकागज |
असोज १३, २०८१ आइतबार १५:१२ बजे

फाइल फाेटाे

काठमाडौँ  - नेप्सेमा आज २३ अंकको गिरावट आएको छ । बिहीबार नेप्से २३.१० अंकले घटेर २४६३.६६ विन्दुमा रोकिएको हो ।

आज ३२७ कम्पनीको कारोबार हुँदा एक करोड २ लाख ९१ हजार ८९६ कित्ता सेयर ४ अर्ब ४ करोड १३ लाख २  हजार ३५ को खरिद बिक्री भएको छ ।


नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको सेयर मूल्यमा सबै भन्दा बढी ६.५५ प्रतिशतले बढेको छ । त्यस्तै, आज अपर स्यांगे हाइड्रोको सेयर मूल्य सबै भन्दा बढी ९.९९ प्रतिशतले घटेको छ ।

त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १५ करोड ९२ लाख २३ हजार ८२० बराबरको शेयर कारोबार भएको छ ।  त्यस्तै आज अपि पावरकै सेयरको सबैभन्दा बढी ४ लाख ८७ हजार ९४१ कित्ता शेयर कारोबार भएको छ ।


Author

थप समाचार
x