सेयर

नेप्सेमा ४४ अंकको वृद्धि, ३ अर्ब ७१ करोडको कारोबार

इकागज |
असोज १४, २०८१ सोमबार १५:५६ बजे

फाइल फाेटाे

काठमाडौँ - नेप्सेमा आज ४४ अंकको वृद्धि भएको छ । सोमबार नेप्से ४४.४५ अंकले बढेर २५०८.८६ विन्दुमा रोकिएको हो ।

आज ३१९ कम्पनीको कारोबार हुँदा ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ को खरिद बिक्री भएको छ ।


नेप्सेका अनुसार आज सिइडीबी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज प्रभु सेलेक्ट फन्डको शेयर मूल्य सबै भन्दा बढी ९.३६ प्रतिशतले घटेको छ ।

त्यसैगरी आज सिइडिबी हाइड्रोको सबै भन्दा बढी १७ करोड ६९ लाख ६४ हजारको शेयर कारोबार भएको छ ।


Author

थप समाचार
x