नेप्सेमा ४३ अंकको वृद्धि, ५ अर्बको कारोबार
तस्विरः फाइल फोटो
काठमाडौँ- नेप्से परिसूचक ४३ अंकले बढेको छ । बुधबार नेप्से ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा बन्द भएको छ । कुल ३२० कम्पनीका एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार बराबरको कारोबार भएको थियो ।
आज सबैभन्दा बढी विजय लघुवित्तको शेयर मुल्यमा ९.३३ प्रतिशतले बढेको छ भने इस्टर्न हाइड्रोको शेयर ९.२४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपार श्यांगे हाइड्रोको मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबैभन्दा बढी नेपाल फाइनान्सको १५ करोड ९ लाख ५० हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनिको ७ लाख २९ हजार २७५ कित्ता शेयर कारोबार भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया