Ekagaj Logo
०१ कात्तिक २०८१, बिहीबार
(Thursday, 17 October, 2024)

सेयर

नेप्सेमा सामान्य वृद्धि

इकागज |
कात्तिक १, २०८१ बिहीबार १५:४६ बजे

फाइल फाेटाे

काठमाडौँ - बिहीबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से २.४७ अंकले बढेर २७४५. ३६ विन्दुमा बन्द भएको छ ।

आज कुल ३१६ कम्पनीका एक करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार बराबरको कारोबार भएको थियो ।


आज सबैभन्दा बढी गुडविल फाइनान्सको शेयर मूल्यमा ७.६३ प्रतिशतले बढेको छ भने अपार श्यांगे हाइड्रोको मूल्य सबैभन्दा बढी ५.१९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी कुमारी बैंकको ३३ करोड १३ लाख ९० हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनीको १४ लाख ८ हजार ६२८ कित्ता शेयर कारोबार भएको छ ।


Author

थप समाचार
x