Ekagaj Logo
०६ कात्तिक २०८१, मंगलबार
(Tuesday, 22 October, 2024)

सेयर

नेप्से २५ अंकले बढ्यो, ४ अर्ब १७ करोडको कारोबार

इकागज |
कात्तिक ६, २०८१ मंगलबार १५:३७ बजे

फाइल फाेटाे

काठमाडौँ - मंगलबार नेप्से परिसूचक २५ अंकले बढेको छ । आज नेप्से २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा बन्द भएको छ ।

आज कुल ३१४ कम्पनीका एक करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार बराबरको कारोबार भएको थियो ।


आज सबैभन्दा बढी रावा इनर्जीको शेयर मूल्य ८.८६ प्रतिशतले बढेको छ भने मनकामना इन्जिनियरिंगको शेयर ७.८२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी वीन नेपाल लघुवित्तको सबैभन्दा ४.७५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी गुडविल फाइनान्सको १७ करोड ३२ लाख ४१ हजार बराबरको कारोबार भएको छ भने कुमारी बैंकको १३ करोड ८० लाख ६ हजार बराबरीको कारोबार भएको छ ।

त्यस्तै आज कुमारी बैंकको सबैभन्दा बढी ५ लाख ७२ हजार ८४६ कित्ता शेयर कारोबार भएको छ ।


Author

थप समाचार
x