सेयर

धितोपत्र बोर्डको अध्यक्ष छनौट सूचीका तीन जनालाई अन्तर्वार्तामा बोलाइयो

इकागज |
कात्तिक २९, २०८१ बिहीबार १२:४० बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि छनौट सूचीमा परेका तीन जनालाई अन्तर्वार्तामा बोलाइएको छ ।

अर्थ मन्त्रालयले छनोट सूचीमा परेका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीलाई मङ्सिर ९ गते बिहान ८ बजे अन्तर्वार्ताका लागि बोलाएको हो ।


यसअघि असोज १८ गते अन्तर्वार्तामा बोलाइए पनि अन्तिम समयमा अन्तर्वार्ता स्थगित भएको थियो।  


Author

थप समाचार
x