सेयर

नेप्सेमा ५१ अंकको गिरावट, १० अर्बको कारोबार

इकागज |
मंसिर ४, २०८१ मंगलबार १६:१८ बजे

फाइल फाेटाे

काठमाडौँ - मंगलबार नेप्से ५१ अंकले घटेको छ । आज नेप्से ५१.११ अंकले घटेर २७०२. ६५ विन्दुमा बन्द भएको छ ।

आज कुल ३१० कम्पनीका २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख बराबरको कारोबार भएको थियो ।


आज आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज एनगाडी ग्रुपको शेयर मूल्यमा सबैभन्दा बढी ९.२५ प्रतिशतले गिरावट भएको छ ।

त्यस्तै आज सबैभन्दा बढी एनगाडी पावरको ४६ करोड ६८ लाख ९९ हजार बराबरको कारोबार भएको छ भने एनगाडी पावरकै सबै भन्दा बढी ८ लाख ८८ हजार ३१९ कित्ता शेयर कारोबार भएको छ ।


Author

थप समाचार
x