सेयर

नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार

इकागज |
मंसिर ६, २०८१ बिहीबार १५:२२ बजे

काठमाडौँ - बिहीबार नेप्से ३१ अंकले घटेको छ । आज नेप्से ३१.३१ अंकले घटेर  २६८. ४४ विन्दुमा बन्द भएको छ ।

आज कूल ३१४ कम्पनीका एक करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख बराबरको कारोबार भएको थियो ।


आज सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रो को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज जानकी फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबैभन्दा बढी नेपाल फाइनान्सको २५ करोड २४ लाख १० हजार बराबरको कारोबार भएको छ सिटिजन म्युचुअल फन्ड १ को सबै भन्दा बढी ११ लाख ९८ हजार ३२१ कित्ता शेयर कारोबार भएको छ ।


Author

थप समाचार
x