सेयर

उच्च अंकले बढयो शेयर बजार

इकागज |
पुस २२, २०८१ सोमबार १५:३५ बजे

फाइल फाेटाे

काठमाडौं - शेयर बजार (नेप्से) आज उच्च अंकले बढेको छ । 

 नेप्से परिसूचक ४९.१२ अंकले बढेर २ हजार ६४० विन्दुमा पुगेर रोकिएको छ ।


साथै, नेप्सेको वृद्धिसँगै कारोबार रकम पनि बढेको जनाइएको छ । आज तीन सय १२ वटा कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ३० करोड रुपैयाँमा किनबेच भएको छ ।

सोमबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलेपमेन्ट लिमिटेडको २९ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।


Author

थप समाचार
x