नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ- नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर–१, टाँडी, चितवनमा आफूले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ ।
तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेमा सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया