सेयर

सर्वोत्तम सिमेन्टको आज साधारण सभा, सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव

इकागज |
पुस २६, २०८१ शुक्रबार ८:३९ बजे

काठमाडौँ- सर्वोत्तम सिमेन्टले आज शुक्रबार वार्षिक साधारण सभा बोलाएको छ ।

सर्वोत्तम सिमेन्टको वार्षिक साधारणसभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ । यसले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव साधारण सभामा पेश गर्दैछ ।


साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।


Author

थप समाचार
x