सेयर

लिवर्टी इनर्जीको सेयर लिलामी खुला हुँदै

इकागज |
पुस २८, २०८१ आइतबार ८:४७ बजे

काठमाडौँ- लिबर्टी ईनजी कम्पनी लिमिटेडले हकप्रदमा बिक्री नभएको सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले ८ लाख २६ हजार ५७४ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले माघ २ गतेदेखि ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । 


प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरूमार्फत आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । 

लिवर्टी इनर्जीले गत मंसिर १६ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ७५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।  कम्पनीले हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।


Author

थप समाचार
x