एनएलजी इन्स्योरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन
![](https://ekagajcdn.prixacdn.net/media/albums/lns_KpT4RFZftY.jpg)
काठमाडौँ- एनएलजी इन्स्योरेन्सको सेयर लिलामी भर्ने आज (माघ २७ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सको ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।
आवेदकहरुले कार्यालय समयसम्म मात्र यसमा आवेदन दिनु पर्ने हुन्छ । कम्पनीले माघ २० गतेदेखि संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
यसअघि कम्पनीले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याएको हो ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा संस्थापक समूहमा न्यूनतम १० हजार कित्ता र सर्वसाधारण समूहतर्फ १०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया