सेयर बजारमा हरियाली, ५० अंकले बढ्यो नेप्से

सांकेतिक फोटो
काठमाडौं- कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियाली छाएको छ ।
मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेसँगै बिहीबार सेयर बजारमा हरियाली छाएको हो ।
आज सेयर बजार ४९.१५ अंकले बढेर परिसूचक २८१५ बिन्दुमा पुगेर रोकिएको छ । दुई करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३९ करोडको कारोबार भयो । कारोबारमा आएका १८६ कम्पनीको सेयर बढेका छन् ।
आज कारोबारका आधारमा सर्वाधिक हिमालय रि इन्सुरेन्सले ९६ करोड, नेपाल रिइन्सुरेन्सले ७६ करोड र एनआरएन इन्फ्रास्ट्रक्चरले ४६ करोडको कारोबार गरे ।
आज चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गर्डियन माइक्रो लाइफ, अपर हेवाखोला हाइड्रो, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया