सेयर

२९ गते खुल्दैछ प्रभु लाइफको आइपीओ

इकागज |
मंसिर २०, २०७७ शनिबार ११:१५ बजे

काठमाडौं : प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपीओ) खुल्ने भएको छ । आउँदो मंसिर २९ गतेदेखि बिक्री खुल्ला हुने भएको हो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि सेयर आवेदन दिन सक्नेछन् । २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक सेयर निष्कासन गर्न लागेको हो । कर्मचारीलाई ५ प्रतिशत र सामूहिक लगानी कोषका लागि पनि ५ प्रतिशत छुट्याएर बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।



Author

थप समाचार
x