पहिलो कारोबारमा २.५ अंकले बढ्यो बजार
काठमाडौं : सोमबारको सुरुवाती कारोबार (१२ बजेसम्म)मा नेप्से परिसूचक २.५ अंकले बढेको छ । कारोबारको पहिलो एक घण्टामा ०.१३ प्रतिशतले बढेर १ हजार ९३४ दशमलव ६१ विन्दुमा पुगेको छ ।
यस अवधिमा १८५ वटा कम्पनीको २१ हजार ३७८ पटकको कारोबारमा ४० लाख ६ हजार २९८ कित्ता शेयरको २ अर्ब ६५ करोड २५ लाख बराबरको खरीदबिक्री भएको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये ५ समूहको परिसूचक घट्दा पनि समग्र नेप्से बढेको हो । म्युचुअल फन्ड, ट्रेडिङ, डेभलपमेन्ट बैंक, निर्जिविन बिमा तथा अन्यमा घटेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया