बिहीबार ८.२७ अंकले बढ्यो बजार, १९६४.०२ बिन्दुमा नेप्से
काठमाडौँ : बिहीबारको कारोबारमा नेप्से परिसूचक ८.२७ अंकले बढेको छ । कारोबार ०.४२ प्रतिशतले बढेर १ हजार ९ सय ६४ दशमलव ०२ बिन्दुमा पुगेको छ । यस अवधिमा २०४ वटा कम्पनीको ३९ हजार २ सय ९८ पटकको कारोबारमा ९८ लाख ६५ हजार ६६७ कित्ता शेयरको ४ अर्ब १३ करोड ९६ लाख रुपैयाँमा खरीद बिक्री भयो ।
कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये दुई समूहको परिसूचक घटेको छ । घट्नेमा हाइड्रोपावर र विकास बैंक समूह छन् । हाइड्रोपावर परिसूचक ४.१३ प्रतिशतले घटेको छ भने विकास बैंक ३.८८ अंकले घटेको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै २.६७ प्रतिशतले बढेको छ । अंकमा सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक छ । जीवन बीमामा २०६.२९ अंकले बढेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया