सेयर

प्रभुको आइपीओ खुल्यो, कतिसम्म भर्न पाइन्छ ?

इकागज |
मंसिर २९, २०७७ सोमबार ११:२० बजे

काठमाडौं : प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपीओ) बिक्री खुल्ला भएको छ । सोमबारदेखि खुलेको आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

२ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक सेयर निष्कासन गर्न लागेको हो। कर्मचारीलाई ५ प्रतिशत र सामूहिक लगानी कोषका लागि पनि ५ प्रतिशत छुट्याएर बाँकी रहेको ५४ लाख कित्ता सेयरको बिक्री खुल्ला गरिएको हो ।


कम्पनीले कर्मचारीलाई न्यूनतम ३०० कित्तादेखि पद र कार्यानुभव तथा पदावधि अनुसार ३ हजार कित्ता सम्म सेयर वितरण गर्ने तयारी गरेको छ । कम्पनीमा २६० जना कर्मचारी कार्यरत रहे पनि केही कर्मचारीहरु भने काम गरेको न्यूनतम अवधिको मापदण्डभित्र नपरेपछि सेयर पाउनबाट वञ्चित भएका छन् ।

सर्वसाधारणतर्फ भने बढीमा ५ लाख ४० हजार जनाले बढीमा १० कित्ता सेयर पाउने छन् । कम्पनीले समग्र वित्तीय अवस्था तुलनात्मकरूपमा कम जोखिमपूर्ण रहेको रेटिङ पाएको छ। इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा इक्राएनपी-आइआर बीबी प्लस रेटिङ पाएको छ। प्लसले चिन्हले कम्पनीमा तुलनात्मक रूपमा जोखिम कम भएको बुझिन्छ भने माइनस चिन्हले जोखिम बढी रहेको बुझिन्छ।

सेयर जारी गरेर संकलन हुने रकम वाणिज्य बैंक र नेपाल पूर्वाधार बैंकमा ५० करोड रुपैयाँ मुद्दती निक्षेपमा राखिने छ। ५ करोड रुपैयाँ डिबेन्चरमा र ५ करोड रुपैयाँ सेयर आदिमा लगानी हुने कम्पनीले जनाएको छ। छिटोमा पुस २ गते र कम्पनीको सेयरमा पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस १३ गतेसम्म सेयर बिक्री खुल्ला रहने छ ।

आइपीओका लागि मेरो सेयरबाट आवेदन दिन सकिनेछ । ९० वटा शाखा तथा उपशाखा कार्यालय रहेको कम्पनीमा सबैभन्दा धेरै प्रभु बैंकको २० लाख कित्ता संस्थापक सेयर स्वामित्व छ ।
 


Author

थप समाचार
x