सेयर

आरएसडिसी लघुवित्तले १२.६३ प्रतिशत लाभांश दिने

इकागज |
पुस १, २०७७ बुधबार ११:२५ बजे

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १२ दशमलव ६३ प्रतिशत लाभांश दिने भएको छ । लघुवित्तको ७औं वार्षिक साधारणसभा पुस २४ गते बस्‍ने तय भएको छ । यो साधारणसभाले लाभांश दिने भएको हो ।

सञ्चालक समितिले चुक्ता पूँजी ६७ करोड १५ लाख २२ हजार ७ सय २० रुपैयाँबाट बढाएर ७३ करोड १९ लाख ५९ हजा। ७ सय ६५ रुपैयाँ पुर्‍याउने प्रस्ताव गरेको छ । समितिले २ करोड ४३ लाख ८६ हजार ८ सय ७८ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । यो चुक्ता पूँजीको ३.६३१५८ प्रतिशत हो । त्यस्तै ६ करोड चार लाख ३७ हजार ४५ रुपैयाँ बोनस सेयर दिने प्रस्ताव छ । यो चुक्ता पूँजीको ९ प्रतिशत हो ।



Author

थप समाचार
x