सेयर

सातवटा समूहका परिसूचक बढ्दा पनि ६.२ अंकले घट्यो बजार

इकागज |
पुस १, २०७७ बुधबार १६:८ बजे

काठमाडौं : बुधबार पनि सेयर बजार ओरालो लागेको छ । मंगबारदेखि ओरालो लागेको सेयर बजारमा बुधबार पनि सामान्य करेक्सन आएको छ । बुधबार नेप्से परिसूचक ६.२ अंकले घटेको छ । कारोबारको ०.३  प्रतिशतले घटेर २ हजार ५५ दशमलव २२ विन्दुमा पुगेको छ ।

बजार बुलिश ट्रेण्डमा हुँदा सेयर बेचेर नाफा बुक गर्न चाहाने लगानीकर्ताका कारण बजार सामान्य करेक्सन भइरहन्छ । पुराना लगानीकर्ता बेचेर निस्कन खोज्छन्, नयाँ लगानीकर्ता सेयर किनेर बजारमा प्रवेश गर्छन् । त्यसकारण बजार केही बढेपछि घट्नु सामान्य हो ।


यस अवधिमा १९९ वटा कम्पनीको ४९ हजार १ सय ५९ पटकको कारोबारमा १ करोड ५ लाख ५८ हजार ३ सय ९१ कित्ता शेयर कारोबार भएको छ । ५ अर्ब १४ करोड ४६ लाख रुपैयाँ बराबरको खरीदबिक्री भएको छ । 

कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये ५ वटा समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी जलविद्युत समूहका परिसूचक १.४३ प्रतिशतले घटेको छ । बढ्नेमा सबैभन्दा बढी माइक्रोफाइनान्स समूह रहेको छ । यो २.३४ प्रतिशतले बढेको हो । 


 


Author

थप समाचार
x