सेयर

सेयर बजार बढाउन माग गर्दै लगानीकर्ता आन्‍दोलित

इकागज |
असोज १८, २०७८ सोमबार १३:४७ बजे

काठमाडौँ - पुँजी बजार निरन्तर ओरालो लाग्दा पनि नियामक निकायले सुधारका लागि कुनै पहल नगरेको भन्दै सेयर लगानीकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् । सोमबार काठमाडौँको माइतीघरमा विभिन्न माग राख्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । स्वतन्त्र पुँजी बजार सुधार संघको आह्वानमा भएको प्रदर्शनमा लगानीकर्ताले मेरो सेयर र टिएमएसको समस्या छिटो समाधान गर, सेयर बजारमाथि अनावश्यक हस्तक्षेप बन्द गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

यसअघि असोज ६ गते पुँजी बजार सुधार संघर्ष समितिले धितोपत्र बोर्डमा विभिन्न माग राखी ज्ञापनपत्र पेस गरेको थियो  । आफ्ना माग पाँच कार्यदिनभित्र सम्बोधन गरिने भनिए पनि अहिलेसम्म व्यवहारमा लागू हुन नसकेको लगानीकर्ताको भनाइ छ । उनीहरूले लगानीकर्ताको मागबारे कुनै सुनुवाइ नभए निरन्तर विरोध गर्ने बताए । केन्द्रीय बैंकको पुँजी बजार विरोधी नीतिले सेयर बजार धरापमा परेको आरोप उनीहरूको छ । 
 



Author

थप समाचार
x