सेयर

स्ट्यान्डर्ड चार्टर्डले ७ प्रतिशत बोनस सेयर दिने

इकागज |
पुस २, २०७७ बिहीबार ११:२१ बजे

काठमाडौं : स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर लाभांश दिने भएको छ । बैंकको सञ्‍चालक समितिले आगामी पुस २४ मा ३४औं वार्षिक साधारणसभा डाकेको छ । साधारणसभाबाट लाभांश स्वीकृत हुनेछ ।

बैंकका अनुसार चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव छ । यो ५६ करोड ८ लाख १ सय ४७ रुपैयाँ हो । सञ्‍चालक समितिले चार रुपैयाँ ८४ पैसा प्रति सेयर नगद लाभांश दिने प्रस्ताव गरेको छ । पुस ९ देखि २४ गतेसम्म साधारण तथा प्रयोजनका लागि बैंकको सेयर दाखिल खारेज बन्द गरिएको छ ।  
 



Author

थप समाचार
x