सेयर

नेप्से फेरि २८०० बिन्दू माथि, विकास बैंकको सेयरमा उछाल

इकागज |
कात्तिक १४, २०७८ आइतबार १५:३९ बजे

काठमाडौँ– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक पुनः उकालो लागेको छ । गत साताभर उकालो लागेको नेप्से यो साताको पहिलो कारोबार दिन आइतबार २८३७.६१ बिन्दूमा पुगेको छ । आइतबार कारोबार रकम पनि बढेर ७ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । 

आइतबार ६ ओटा कम्पनीको सेयर कारोबारमा सर्किट ब्रेकर लागेको छ । युनाइटेड इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, सामुदायिक लघुवित्त वित्तीय संस्था, पाँचथर पावर र हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । 


बैंकिङ्ग समूहबाहेक अन्य सबै समूहका परिसूचक उकालो लागेका छन् । लाभांश घोषणाले विकास बैंकको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आइतबार विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी ६.५४ प्रतिशतले वृद्धि भयो । त्यस्तै, व्यापार समूह ५.९६ प्रतिशत, जलविद्युत् समूहको ५.५ र होटल तथा पर्यटन समूहको परिसूचक ५.४४ प्रतिशतले बढेको छ । 

आइतबार आँखुखोला जलविद्युत् कम्पनीको ९ लाख २७ हजार दुई कित्ता सेयर ३१ करोड ५७ लाख १५ हजार रुपैयाँमा कारोबार भयो । नेप्सेमा कारोबार भएका मध्ये सबैभन्दा बढी सेयर कारोबार भएको आँखुखोला कम्पनीको तीन हजार चार सय एक पटक कारोबार भएको थियो ।

आइतबार नेप्सेमा सूचीकृतमध्ये २ सय ३२ कम्पनीका ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार चार सय ९३ रुपैयाँ मूल्यका १ करोड ३८ लाख ९९ हजार तीन सय २२ कित्ता सेयर ८१ हजार नौ सय ३५ पटकको कारोबारबाट खरिद–बिक्री भएका छन् । 

 मिति

 नेप्से परिसूचक

 कारोबार रकम

 कात्तिक ७, आइतबार

 २,५८४.५२

 २ अर्ब ७७ करोड रुपैयाँ

 कात्तिक ८, सोमबार

 २,६७२.२५

 ४ अर्ब ३० करोड रुपैयाँ

 कात्तिक ९, मंगलबार

 २७५१.०२

 ६ अर्ब ३१ करोड रुपैयाँ

 कात्तिक १०, बुधबार

 २७६९.१३ 

 ६ अर्ब ६१ करोड रुपैयाँ

 कात्तिक ११, बिहीबार

 २७८२.१६

 ५ अर्ब ३९ करोड रुपैयाँ

 कात्तिक १४, आइतबार

 २८३७.६१

 ७ अर्ब ८२ करोड रुपैयाँ


Author

थप समाचार
x