नेप्से २३.७६ अंकले बढ्यो, २८४३.६२ बिन्दूमा
महालक्ष्मी विकास बैंकको सबैभन्दा ठूलो कारोबार
काठमाडौँ– लगातार एक साता बढेरपछि सोमबार सामान्य करेक्सन भएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक मंगलबार पुनः २३.७६ अंकले बढेर २८४३.६२ बिन्दूमा पुगेको छ ।
गत साताभर पाँचै कारोबार दिनमा बढेको नेप्से आइतबार पनि उकालो लागेको थियो । तर सोमबार १७.७५ अंकले सामान्य करेक्सन भएर २८१९.८६ बिन्दूमा आएको थियो । मंगलबार नेप्से परिसूचक पुन: उकालाे लागेकाे छ । कारोबार रकममा पनि अघिल्लो सातादेखि नै नियमितता देखिएको छ । नेप्सेमा मंगलबार ६ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ्ग, व्यापार र इन्भेष्टमेन्ट समूहबाहेकका सबै परिसूचक मंगलबार उकालो लागेका छन् । मंगलबार नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल टेलिकम समेतको सेयर सचीकृत अन्य समूह ३.७७ प्रतिशत र विकास बैंक समूहको परिसूचक ३.५ प्रतिशतले बढेको छ ।
हालै सूचीकृत साहस उर्जा लिमिटेडको सेयर आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५३९.३० रुपैयाँमा कारोबार भएको छ । साहसका अतिरिक्त गुडविल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, कालिका पावर कम्पनी, रिडी हाइड्रोपावर कम्पनी लगायतका सेयरमा लगानीकर्ताले कमाएका छन् ।
आज नेप्सेमा महालक्ष्मी विकास बैंकको सबैभन्दा ठूलो कारोबार भएको छ । महालक्ष्मी बैंकको ४६ करोड ९७ लाख २३ हजार चार सय १५ रुपैयाँ मूल्यका ६ लाख ५१ हजार नौ सय ७६ कित्ता सेयर दुई हजार पाँच सय ९ पटकको कारोबारबाट किनबेच भएको छ । महालक्ष्मीको सेयर मूल्य प्रतिकित्ता सात सय ३० रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार नेप्सेमा २३० कम्पनीका ६ अर्ब ७ करोड ३७ लाख १६ हजार आठ सय ८८ रुपैयाँ मूल्यका ९९ लाख ७७ हजार चार सय ८३ कित्ता सेयर ५९ हजार आठ सय ८१ पटकको कारोबारबाट खरिद–बिक्री भएका छन् ।
मंगलबार कुल बजार पुँजीकरण ३९ खर्ब ९८ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
मिति |
नेप्से परिसूचक |
कारोबार रकम |
कात्तिक ७, आइतबार |
२,५८४.५२ |
२ अर्ब ७७ करोड रुपैयाँ |
कात्तिक ८, सोमबार |
२,६७२.२५ |
४ अर्ब ३० करोड रुपैयाँ |
कात्तिक ९, मंगलबार |
२७५१.०२ |
६ अर्ब ३१ करोड रुपैयाँ |
कात्तिक १०, बुधबार |
२७६९.१३ |
६ अर्ब ६१ करोड रुपैयाँ |
कात्तिक ११, बिहीबार |
२७८२.१६ |
५ अर्ब ३९ करोड रुपैयाँ |
कात्तिक १४, आइतबार |
२८३७.६१ |
७ अर्ब ८२ करोड रुपैयाँ |
कात्तिक १५, सोमबार |
२८१९.८६ |
७ अर्ब ७७ करोड रुपैयाँ |
कात्तिक १६, मंगलबार |
२८४३.६२ |
६ अर्ब ७ करोड रुपैयाँ |
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया