दिउँसो ३ बजे चन्द्रागिरीको आइपीओ बाँडफाँट
काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि खुलाएको साधारण सेयर बुधबार बाँडफाँट गर्ने भएको छ । दिउँसो ३ बजे नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयबाट बाँडफाँट गर्ने कम्पनीले जानकारी दिएको छ ।
चन्द्रागिरी नगरपालिका वडा नम्बर ३, ४, ६ र ७ र मकवानपुर जिल्ला अन्तर्गतका थाहानगरपालिका वडा ९ र १० र इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा स्थायी बसोबास गर्ने व्यक्तिहरूले सेयर प्राप्त गर्नेछन् । मंसिर १७ गतदेखि पुस १ सम्म बिक्री खुल्ला गरिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया