Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सेयर

आउँदो शुक्रबारदेखि चन्द्रागिरिको आइपीओ

इकागज |
पुस १९, २०७७ आइतबार ११:३१ बजे

काठमाडौं : यसै साताको अन्तिम दिन शुक्रबार (पुस २४ गते) चन्द्रागिरि हिल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले गत मंसिर १७ गतेबाट आयोजना प्रभावित सर्वसाधारणलाई सेयर जारी गरेको थियो ।

कम्पनीको सेयरमा न्यूनतम १० कित्ता र अधिकतम १३ हजार ९६० कित्ता सम्मका लागि आवेदन दिन सकिन्छ । आवेदन पुस २८ गतेसम्म दिइसक्नु पर्छ ।


कम्पनीले कुल १५ लाख ३४ हजार ९१ कित्ता सेयर जारी गर्न लागेको हो । यसमध्ये ६१ हजार ३६४ कित्ता अर्थात ४ प्रतिशत आफ्ना कर्मचारीलाई दिने छ। ७६ हजार ७०५ कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई दिने छ ।

अनि बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा मात्र सर्वसाधारणले दाबी गर्न पाउने छन् । सेयरको अंकित मूल्य १०० रुपैयाँ छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको थियो । उनीहरुलाई कुल ३ लाख ६ हजार ८ सय १९ कित्ता सेयर दिइएको थियो। हिल्ससँग केबलकार र पाँच तारे होटल छ ।


Author

थप समाचार
x