Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सेयर

अहिलेसम्मकै ठूलो आइपीओ माघ २ गतेबाट खुल्ने, कति छ नेटवर्थ ?

इकागज |
पुस २१, २०७७ मंगलबार १३:१४ बजे

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले माघ २ गतेदेखि साधारण सेयरको (आइपीओ) बिक्री खुल्ला गर्ने भएको छ । यो अहिलेसम्मै ठूलो आइपीओ हो  । कम्पनीले जारी पूँजी २० अर्बको ४० प्रतिशत बराबरको सेयर निष्कासन गर्न लागेको हो ।

प्रति सेयर एक सय रुपैयाँको दरले ८ करोड कित्ता सेयर बिक्री गर्न लागेको हो । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गर्नेछ । बाँकी रहेको ७ करोड ५८ लाख ४० लाख कित्ता सर्वसाधारणका लागि खुल्ला गर्न लागिएको बैंकले जानकारी दिएको छ ।


पूर्वाधार विकास सम्बन्धी परियोजनामा कर्जा प्रवाह तथा सेयर लगानी गर्ने उद्येश्यले खोलिएको यो बैंकको अधिकृत पूँजी ४० अर्ब रुपैयाँ छ । साधारण सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।

बैंकले छिटोमा माघ ६ गतेसम्म खुल्ला गर्नेछ । ढिलोमा १३ गते बन्द गर्ने बैंकले जानकारी दिएको छ ।

आगामी ३ वर्ष तथा विगत ३ वर्षको नेटवर्थ सम्बन्धी विवरण

विवरण

वास्तविक

प्रक्षेपित

आव ०७४/०७५

आव

०७५/०७६

आव

०७६/७७

आव

०७७/७८

आव

०७८/७९

आव

०७९/०८०

प्रति सेयर नेटवर्थ (रुपैयाँमा.)

५१

१०६.५७

११३.६२

११७.६९

११०.५४

११२.८०

प्रति सेयर आम्दानी (रुपैयाँमा.)

६.१

७.०६

५.५८

७.६७

८.८२

संचित नाफा/(नोक्सानी) (रुपैयाँ. हजार)

९४, ५६३

६२३२१९

१२३४३७१

१७४४३१२

१३७०९९५

१५९९६३०

                 

 


Author

थप समाचार
x