धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाले दिए आवेदन
काठमाडौं – रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि १५ जनाले आवेदन दिएका छन् । दोस्रो पटक आवेदन माग गर्दा निर्धारित समयसम्म अध्यक्ष पदका लागि १५ जनाले निवेदन बुझाएको अर्थ मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार धितोपत्र बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, बोर्डकै उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी र बिमा समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक चिरञ्जीवी चापागाईं र चितवनका अनिल पौडेलले निवेदन दर्ता गराएका छन् ।
यसैगरी बोर्ड अध्यक्ष बन्ननेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्व सीईओ सीताराम थपलिया,राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, सेयर लगानीकर्ता केशवप्रसाद श्रेष्ठ, जीवन अम्गाईं, रमेश हमाल र अम्बिका शर्मा लामिछानेले आवेदन बुझाएको मन्त्रालयले जनाएकाे छ ।
यसअघिका आवेदक भन्दा केही नयाँ आवेदकहरुले पनि आवेदन दिएका छन् । हेमन्त बस्याल, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी र कृष्णराज पोखरेलले अध्यक्षका लागि आवेदन दिएका छन् ।
धितोपत्र बोर्डले नयाँ सूचना जारी गरेर यही पुस १५ गते पुनः आवेदन आह्वान गरेको थियो। आवेदकले यही पुस २९ गतेभित्र आवेदन दिनुपर्ने थियो। यसअघि गठित समितिले २०७८ कात्तिक ११ मा अध्यक्षका लागि आवेदन मागेको थियो।
सर्वाेत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेर सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो । छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद बैठकले बोर्डको नयाँ अध्यक्ष नियुक्ति गर्नेछ। बिहीबारसम्म प्राप्त निवेदकहरुलाई अन्तर्वार्ताका लागि बोलाउने छनोट समितिको तयारी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया