सेयर

व्याजदर बढेपछि सेयर बजारमा १०१ अंकको गिरावट

इकागज |
फागुन १, २०७८ आइतबार १५:२२ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से साताको पहिलो कारोबारमा उलेख्य गिरावट देखिएको छ । व्याजदर वृद्धि भए लगत्तै खुलेको धितोपत्र बजारमा फराकिलो १०१ अंकको गिरावट देखिएको हो। गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २८०१.५६ को विन्दुमा कायम थियो। कारोबार सुरुभए देखिनै तीव्र रुपमा ओरालो लागेको बजार अत्यसम्म आइपुग्दा २७००.३२ अंकमा आएर बजार बन्द भएको छ ।

व्याजदर वृद्धिको दबाब पर्दा बजारमा आज सेयर बिक्रीको चाप देखियो ।  निर्वाचनको मिति तय भएपछि बढ्ने भनिएको बजार घट्दा अन्योलमा देखिएका लगानीकर्तामा व्याजदर वृद्धिकोले गर्दा बेचेर सुरक्षीत हुन खोजेका छन् ।


आइतबार २८०१.५६ बाट सुरु भएको सेयर बजार परिसूचक बन्द हुने समयमा परिसूचक बिन्दू २७००.३२ अंकमा पुगेको छ । अर्थात आज बजार परिसूचक १००.६७ अंकले ‌ओरालो लागेको छ ।

आजको कारोबारमा सेयर बजार परिसूचक ३.५९ प्रतिशतले घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १५.६२ अंक अर्थात २.९६ प्रतिशतले घटेर ५११.६७ अंकमा ओर्लिएको छ ।

आइतबार २२७ कम्पनीको ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७ सय ३० रूपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार ६ सय ३९ कित्ता सेयर ८१ हजार ८ सय ३७ पटक खरिद बिक्री भएको छ ।

उलेख्य रूपमा बजार घट्दा आज कारोबार भएका कम्पनीहरूमध्ये १ सय ९० कम्पनीको सेयर मूल्य घटेको छ । एनआइबीएल समृद्धी फण्ड, सनराइज ब्लूचीप फण्ड, नबिल ब्यालेन्स फण्ड, मेगा म्युचल फण्ड तथा लक्ष्मी उन्नत कोष सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।

समूहगत परिसूचकतर्फ १३ वटै समूहगत परिसूचक घटेका छन् । सबैभन्दाबढी जदलविद्युत समूहका लगानी कर्ता गुमाएका छन् । जलविद्युत ५.४७ प्रतिशतले घटेको छ । फाइनान्स समूह ४.६५ प्रतिशत, निर्जीवन बीमा समूह ४.२७ प्रतिशत, विकास बैंक समूह ४.२३ प्रतिशत, म्यानिफ्याकचरिङ एण्ड प्रोडक्सन समूह ४.६१ प्रतिशतले घटेका छन् । त्यस्तै बैंकिङ समूह २.३९ प्रतिशतले घटेको छ ।

आज सर्वाधिक गुमाउनेमा अपर तामाकोशी हाइड्रो पावर, नारायाणी डेभलोमेन्ट बैंक, शिभ श्री हाइड्रोपावर, विन नेपाल लघुवित्त वित्तिय संस्था र बुद्धभूमि हाइड्रोपावर सर्वाधिक गुमाउने पाँच कम्पनी रहेका छन् ।

आज गुमाउने पाँच कम्पनीमा बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी, नेपाल एसबीआइ बैंक डिबेन्चर, नेपाल हाइड्रो डेभलोपर्स लिमिटेड, सप्तकोशी डेभलोमेन्ट बैंक तथा विन नेपाल लघुवित्त वित्तिय संसथा रहेका छन्  ।


Author

थप समाचार
x