साताभरीमा ९२.१९ अंकले बढ्यो नेप्से
काठमाडौंः यो साताभर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ९२.१९ अंकले उकालो लागेको छ । गत साता बिहीबार २,१९४.३५ अंकमा रोकिएको बजार यो साताको अन्तिम कारोबार दिन (बिहीबार सार्वजनिक विदा परेकाले) २,२८६.५४ अंकमा पुगेको छ । बुधबार नेप्से परिसूचक १८.८१ अंक अर्थात् ०.८३ प्रतिशतले बढेको छ ।
बुधबार बैंकिङ र होटल समूहका परिसूचक ओरालो लागेपनि अन्य समूहका परिसूचकहरू उकालो लागेका छन् । बैंकिङ समूहको परिसूचक ३.१५ अंकले घटेको छ । पुस मसान्तमा सबै बैंक तथा वित्तीय संस्थाहरूको वार्षिक साधारण सभा समाप्त भैसकेको छ । यसअघि लाभांश घोषणाले बैंकिङ्ग समूहका कम्पनीहरूको सेयरमा आकर्षण देखिएको थियो । अहिले पनि बैंकको सेयर बेच्नेभन्दा पनि होल्ड गर्ने क्रम नै देखिएको छ । बुधबार नप्सेमा वित्त कम्पनी, म्यानुफ्याक्चरिङ र प्रडक्सन तथा लघुवित्त समूहको परिसूचक सबैभन्दा बढेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स, इन्फिनिटी लघुवित्त वित्तिय संस्था, नारायणी विकास बैंक, गुराँस फाइनान्स लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स, गणपति माइक्रोफाइनान्स, समृद्धि फाइनान्स, एनएमबी माइक्रोफाइनान्स लगायतको सेयर मूल्य बढेको छ ।
मंगलबारको तुलनामा बुधबार सेयर कारोबार रकम पनि बढेको छ । बुधबार नेप्सेमा २०७ कम्पनीका ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार दुई सय ६१ रुपैयाँ मूल्यका एक करोड ३२ लाख ८९ हजार आठ सय ४९ कित्ता सेयर ५० हजार नौ सय ५० कारोबारमार्फत किनबेच भएको छ ।
मिति |
नेप्से परिसूचक |
कारोबार |
२६ पुस आइतबार |
२२३५ |
६ अर्ब ३२ करोड रुपैयाँ |
२७ पुस सोमबार |
२२३९.४२ |
५ अर्ब ५२ करोड रुपैयाँ |
२८ पुस मंगलबार |
२,२६७.७३ |
४ अर्ब ९८ करोड रुपैयाँ |
२९ पुस बुधबार |
२,२८६.५४ |
५ अर्ब ९१ करोड रुपैयाँ |
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया