साताको सेयर बजार
६९ अंकले नेप्से घट्दा कारोबार रकम १८.४१ अर्ब
फाइल फोटो
काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साताको कारोबारमा पनि उलेख्य गिरावट आएको छ । यस साता सेयर बजारले ६९ दशमलव ५ अंक गुमाएको हो। साताको सुरुवातमा २८०१.५६ को बिन्दुबाट सुरु बजार परिसूचक साताको अन्तिम कारोबार दिन २७३२.५१ अंकमा पुगेर बजार बन्द भएको थियो।
व्याजदर वृद्धिको दबाब बजारमा सेयर बजारमा देखिएको थियो। निर्वाचनको मिति तय भएपछि बढ्ने भनिएको बजार घट्दा अन्योलमा देखिएका लगानीकर्तामा व्याजदर वृद्धिकोले गर्दा बेचेर सुरक्षीत हुन खोज्दा बजार यो हप्ता पनि गिरावट तर्फ नै देखिएको हो। गत हप्ता पनि सेयर बजार ७५ अंकले घटेको थियो । बजारमा तरलता समस्या चुँलिदै जाँदा सेयर बजारमा ३ दिन बजार घट्दा २ दिन बढेको थियो ।
आइतबार
साताको कारोबार सुरुवातको दिन आइतबार बजारमा उल्लेख्य गिरावट आएको हो । आइतबार १०० अंकले बजार घटेको थियो। यसदिन २८०१.५६ बाट सुरु भएको सेयर बजार परिसूचक बन्द हुने समयमा परिसूचक बिन्दू २७ सय दशमलब ३२ अंकमा रहेको थियो।
आइबारको कारोबारमा सेयर बजार परिसूचक ३.५९ प्रतिशतले घटेको घटेको थियो । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १५.६२ अंक अर्थात २.९६ प्रतिशतले घटेर ५११.६७ अंकमा ओर्लिएको थियो । आइतबार ५ अर्ब ९७ करोड ७२ लाख रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । अघिल्लो साता ५ अर्ब ८३ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको थियो ।
सोमबार
पहिलो कारोबारको दिन उल्लेख्य घटेको बजार दोस्रो दिन सोमबार बजार स्थिर रह्यो । अर्थात आज बजार परिसूचक जम्मा ०.०८ अंकले बढेको थियो । सोमबार २७ सय बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावबीच बन्द हुने समयमा समेत २७ सय अंकमै पुगेको रहन पुग्यो । ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.३६ अंक अर्थात ०.०७ प्रतिशतले घटेर ५ सय ११ दशमलब ३० अंकमा ओर्लिएको थियो । सोमबार ३ अर्ब ६८ करोड ४ लाख रूपैयाँ बराबरको सेयर ४९ हजार ८ सय ८२ पटक खरिद बिक्री भएको छ ।
मंगलबार
साताको तेस्रो कारोबारको दिन मंगलबार भने उकालो लागेको थियो। मंगलबारको कारोबारमा ५३ अंकले बढेको थियो । मंगबलार २७ सय अंकबाट सुरु भएको बजार परिसूचक बन्द हुने बेलामा २७५४.२८ अंकमा पुगेर कारोबार बन्द भएको थियो । मंगलबारको कारोबारमा सेयर बजार परिसूचक ५३.३० अंक अर्थात १.९७ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १०.८३ अंक अर्थात २.१२ प्रतिशतले बढेर ५२२.१३ अंकमा पुगेको पुगेको थियो । मंगलबार नेप्सेमा ३ अर्ब २३ करोड ३३ लाख बराबरको सेयर खरिद बिक्री भएको थियो ।
बुधबार
नेप्से साताको चौथो दिन बुधबारको कारोबारमा १९ अंकको गिरावट आएको थियो। बुधबार २७५४.२८ अंकबाट सुरु भएको परिसूचक बिन्दु बजार बन्द हुने बेला २७३४.४४ अंकमा ओर्लिएको छ । अर्थात आज बजार परिसूचक बिन्दु १९.८४ अंकले ओरालो लागेको थियो । बुधबारको कारोबारमा सेयर बजार परिसूचक ०.७२ प्रतिशतले तथा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ३.४७ अंक अर्थात ०.६७ प्रतिशतले घटेर ५१८.६६ अंकमा ओर्लिएको थियो । बुधबार नेप्सेमा ३ अर्ब २६ करोड ३ लाख बराबरको सेयर खरिद बिक्री भएको थियो ।
बिहीबार
साताको अन्तिम कारोबारको दिन बिहीबार बजार ओरालो तर्फ नै लागेर बजार बन्द हुन पुग्यो । अन्तिम कारोबारको दिन सेयरमा १.९४ अंकले गिरावट आएर बजार बन्द भएको थियो। २७३४.४४ अंकबाट सुरु भएको बजार बन्द हुने बेलामा १.९४ अंकको सामान्य गिरावटसहित २७३२.५१ विन्दुमा पुगेर बजार बन्द भएको छ। साताको अन्तिम कारोबारको दिनसम्म आइपुग्दा कारोबार रकम २ अर्ब रुपैयाँमा सिमित भएको थियो। बिहिबार २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६ सय ६० रुपैयाँ बराबरको सेयर किनबेच भएका छन्।
कारोबार रकम १८ अर्ब ४१ करोड
यस साता सेयर बजारमा करिब १८ अर्ब ४१ करोड रूपैयाँको सेयर खरिद बिक्री भएको छ । गत साता २४ अर्ब ४४ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको बजार यो साता कारोबार रकममा समेत उलेख्य गिरावट आएको हो ।
बजार घट्दा लगानीकर्ताले एक सातामा करिब ८९ अर्ब ३५ करोड रुपैयाँ पुँजीबजारबाट गुमाएका छन्। गत साताको अन्तिम कारोबारपछि ३९ खर्ब ५९ अर्ब ६४ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबारको कारोबारपछि २.२६ प्रतिशत घटेर ३८ खर्ब ७० अर्ब २९ करोड रुपैयाँमा सीमित छ। राष्ट्र बैंकको पछिल्लो समिक्षापछि अनुउत्पादक क्षेत्रमा जाने बैंकिङ कर्जामा थप कडाई गरेपछि सेयर बजार थप घट्ने कतिपय विश्लेषकहरूको तर्क छ ।
यस्तो रह्यो साताभरको सेयर बजारको सूचकांक
मिति |
नेप्से परिसूचक |
अंक फरक + वा - मा |
कारोबार रकम |
फागुन १ आइतबार |
२७००.३२ |
-१००.६७ |
५ अर्ब ९७ करोड रुपैयाँ |
फागुन २ सोमबार |
२७००.४० |
+०.०८ |
३ अर्ब ६८ करोड रुपैयाँ |
फागुन ३ मंगलबार |
२७५४.२८ |
+५३.३० |
३ अर्ब २३ करोड रुपैयाँ |
फागुन ४ बुधबार |
२७३४.४४ |
-१९.८४ |
३ अर्ब २६ करोड रुपैयाँ |
फागुन ५ बिहीबार |
२७३२.५१ |
-१.९४ |
२ अर्ब २७ करोड रुपैयाँ |
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया