सेयर

चन्द्रागिरी हिल्सको प्रतिकित्ता सेयर मूल्य एक हजार नाघ्यो

इकागज |
चैत ३, २०७७ मंगलबार १६:११ बजे

काठमाडौँः चन्द्रागिरी हिल्सको प्रतिकित्ता सेयर मूल्य एक हजार रुपैयाँ नाघेको छ । मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात् ९७ रुपैयाँले बढेर १ हजार ६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

चन्द्रागिरीको सेयर कारोबार माघ २५ गते आइतबारबाट शुरु भएको हो । दोस्रो बजारमा यसको पहिलो कारोबार मूल्य प्रतिकित्ता एक सय ६१ रुपैयाँ थियो । पहिलो कारोबारमा नेप्सेले न्यूनतम ९६.६९ रुपैयाँदेखि २९०.०७ रुपैयाँ भित्र कारोबार गर्न दायरा तोकेको थियो । 


नेप्सेमा पछिल्लो समय कारोबार हुनेमा चन्द्रागिरीका लगानीकर्ताको आर्जनमा स्थायित्व देखिएको छ । चन्द्रागिरीको एक करोड ५३ लाख ४० हजार नौ सय १० कित्ता सेयर नेप्सेमा सूचीकृत छ । 


Author

थप समाचार
x