सेयर

पाँच दिन लगातार घटेपछि मंगलबार सामान्य बढ्यो नेप्से

इकागज |
चैत ३, २०७७ मंगलबार १८:१२ बजे

काठमाडौँः बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलता घट्ने क्रमसँगै ब्याजदर बढ्ने हल्लाले सेयर बजारमा देखिएको बिक्रीको चाप अझै कायमै देखिएको छ । पछिल्लो पाँच दिन देखि घटिरहेको सेयर बजारमा मंगलबार भने सीमान्त वृद्धि देखिएको छ । मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक शून्य दशमलव ११ प्रतिशत अर्थात् २.५६ अंकले बढेर २,३९१.७४ बिन्दूमा पुगेको छ । 

कोभिड–१९ महामारीका कारण अन्य आर्थिक गतिविधि संकुचित भइ कर्जाको माग घटेपछि बैंकको सस्तो ब्याजदरले सेयर बजार ‘बुम’ भएको थियो । एकातिर ब्याज बढ्ने चर्चा र अर्कोतर्फ कम्पनीहरूले दिने लाभांश समेत खाइसकेको अवस्थामा लगानीकर्ता सुरक्षित ढङ्गले बजारबाट बाहिरिन चाहिरहेको देखिएको छ । 
घटिरहेको बजारमा पछिल्लो पटक फागुन २० मा सेयर बजारमा अचानक उछाल देखिएको थियो । फागुन २० मा सेयर बजार एकै दिन ९०.६७ अंकले बढेर २,५०६.६८ बिन्दूमा पुगेको थियो । 


मंगलबार ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इण्डेक्स ०.१ प्रतिशत अर्थात् ०.४४ अंकले बढेर ४३०.४९ बिन्दूमा पुगेको छ । 
विगत केही दिनदेखि सेयर बजारमा जलविद्युत् समूहका कम्पनीहरूको सेयर मूल्य लगातार बढीरहेको छ । मंगलबार पनि बढी कमाउनेमा पहिलो चन्द्रागिरी हिल्स पछि जलविद्युत् समूहका कम्पनीका लगानीकर्ता रहेका छन् । चन्द्रागिरी हिल्सको सेयर मूल्य मंगलबार ९.९८ प्रतिशत अर्थात् ९७ अंकले वृद्धि भई एक हजार ६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

मंगलबार जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर, खानीखोला हाइड्रोपावरको सेयर मूल्य क्रमशः ९.९२, ९.८३, ९.७० र ९.४० प्रतिशतले बढेको छ । 

मंगलबार नेप्सेमा बैंकिङ्ग, होटल एण्ड टुरिजम, फाइनान्स, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रडक्सन, लघुवित्त, जीवन बीमा र इन्भेष्टमेन्ट समूहका परिसूचकहरू उकालो लागेका छन । सबैभन्दा बढी कित्ता सेयर कारोबार नेशनल हाइड्रोको ७ लाख ३३ हजार नौ सय ५६ कित्ता छ । 

मंगलबार नेप्सेमा २१६ कम्पनीको ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार तीन सय ३९ रुपैयाँ ९० लाख १२ हजार आठ सय ५३ कित्ता सेयर ४६ हजार पाँच सय ४० कारोबारमार्फत् खरिदबिक्री भएको छ । 

सेयर बजार पुँजीकरण भने ३३ खर्ब एक अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । 

 मिति

 नेप्से इण्डेक्स

 कारोबार रकम

फागुन २३ , आइतबार 

 २४८५.०९

 ५ अर्ब रुपैयाँ

फागुन २५, मंगलबार

 २४६१.८८

  ४ अर्ब ७५ करोड रुपैयाँ

फागुन २६, बुधबार

२,४५८.४८

 ४ अर्ब १० करोड रुपैयाँ

चैत १, आइतबार

२४०७.२५

 ४ अर्ब ९५ करोड रुपैयाँ

चैत २, सोमबार

२३८९.१९

 ४ अर्ब २४ करोड रुपैयाँ

चैत ३, मंगलबार

 २३९१.७४

 ३ अर्ब ३७ करोड रुपैयाँ

 


Author

थप समाचार
x