सेयर

साताको अन्तिम कारोबारमा ५२ अकंले बढ्यो सेयर बजार

इकागज |
फागुन २६, २०७८ बिहीबार १५:२८ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज नेप्सेमा साताको अन्तिम कारोबारको दिन बिहीबार  ५२ अंकले बढेको छ । बिहीबार नेप्से ५२.२१ अंकले बढेको हो । 
बुधबार ३० अकंले गिरावट आएको बजारमा बिहीबार तीव्र उतारचढावबीच अन्त्यमा बजार सकारात्मकता तर्फ लम्किएको हो । २५१४.६५ अंकबाट सुरु भएको बजार बन्द हुने बेलामा परिसूचक विन्दु २५६६.७९ अंकमा उक्लिएको थियो । 

आजको कारोबारमा सेयर बजार परिसूचक २.०८ प्रतिशतले बढेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ६.२४ अंक अर्थात १.२८ प्रतिशतले बढेर ४९३.४३ अंकमा ओर्लिएको छ ।


बिहीबार २२६ कम्पनीको २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९ सय ७० रूपैयाँ बराबरको ५६ लाख १० हजार ६ सय ३१ कित्ता सेयर ४३ हजार ५ सय ३८ पटक खरिद बिक्री भएको छ । नेप्से परिसूचक बढेतापनि कारोबार भने खासै उत्साह देखिएको छैन । बजार बढ्दा आज कारोबार भएका कम्पनीहरूमध्ये १ सय ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १० कम्पनीको सेयर मूल्य घटेको छ ।

समूहगत परिसूचक तर्फ कारोबार भएका १२ समूहका सेयर बढेका छन् भने १ समूहको सेयर मूल्य घटेको छ। आज सबैभन्दा बढी जलविद्युत समूहका सेयर धनीले कमाएका छन्। अन्य समूहको सेयर मूल्य घटेको छ ।

 


Author

थप समाचार
x