सेयर

साताभर २० अंकले बढ्यो सेयर बजार

कारोबार रकममा कमी

इकागज |
फागुन २८, २०७८ शनिबार १५:२२ बजे

काठमाडौँ - सेयर बजार यस साताको कारोबार केही उत्साहजनक देखिएको छ। केही सातादेखि निरन्तर घट्दै गएको सेयर बजार यो साता भने २० अंकले बढ्न पुगेको छ। साताको तेस्रो दिन मंगलबार बन्द हुँदा जम्मा ४ दिन बजार खुलेको थियो । साताको दोस्रो दिन सामान्य २ अंक तथा अन्तिम दिन बिहीबार ५२ अंकले बढेर साताको बजार बन्द भएको थियो । अर्थात् यो साता २ दिन बजार बढ्दा २ दिन घट्न पुगेको थियो ।

साताको पहिलो कारोबारको दिन आइतबार २५४७.०४ विन्दुबाट सुरु भएको बजार अन्तिम कारोबारमा २५६६.९० अंकमा पुगेको छ । अर्थात् साताभर नेप्से १९.८६ अंकले बढेको छ । गत साता नेप्सेमा ११४ अंकले गिरावट आएको थियो ।


यस साता 'क' वर्गका कम्पनीहरुको गतिविधि मापन गर्ने सेन्सेटिभ परिसूचक पनि यो साता ४.७० अंक अर्थात ०.९८ प्रतिशत बढेको छ। साताको अन्तिम कारोबार दिन सेन्सेटिभ परिसूचक ४९३.५३ को विन्दुमा छ।

साताभरको कारोबारमा नेप्से परिसूचकसँगै अधिकतम उपसमूह पनि उकालो लागेका छन्। सर्वाधिक वृद्धि विकास बैंक उपसमूहमा देखिएको छ। सातामा उपसमूह ३.११ प्रतिशत बढेको छ। होटल तथा पर्यटन उपसमूह पनि १.५८ प्रतिशत बढ्यो । लगानी उपसमूह पनि करिब डेढ प्रतिशत हाराहारी बढेको छ । बाँकी अन्य उपसमूहहरुमा पनि ०.३६ प्रतिशतदेखि ०.९४ प्रतिशतसम्मको वृद्धि देखिएको छ। 

आइतबार  

साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा ३.६६ अंकको गिरावट आएको थियो । आइतबार नेप्से ३.६६ अंकले घट्दा २५४३.३९ अंक बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

आइतबार ५१ लाख ३९ हजारको कित्ता सेयर २ अर्ब ४९ करोड ३२ लाखमा खरिद बिक्रि भएको थियो । बजार घट्दा उप समूहतर्फ बैकिङ, डेभलपमेन्ट बैंक, होटल एण्ड टुरिजम बाहेक सबैमा राताम्मे रहेको थियो।

सोमबार

साताको दोस्रो दिनको कारोबारमा सेयर सामान्य अंकले सुधार देखिएको थियो । सोमबार नेप्से १.५४ अंकले बढेर २५४४.९३ विन्दुमा उक्लिएको थियो भने सेन्सेटिभ इन्डेक्स २.१४ अंकले बढेको थियो।

सोमबार २३० कम्पनीको सेयर ४० हजार १३० पटक कारोबार हुँदा ५३ लाख १५ हजार २९२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको थियो। सोमबार नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये ४ वटा उपसमूह मात्र बढेको थियो ।

बुधबार

नेप्सेमा बुधबारको कारोबारमा ३० अकंले गिरावट आएको थियो ।  मंगलबार बन्द रहेको बजार ३०.२९ अंकको गिरावट आएको थियो । बुधबार २५४६.६० बाट सुरु भएको सेयर बजार परिसूचक बन्द हुने समयमा परिसूचक बिन्दु  २५१४.६५ अंकमा झरेको थियो।

बुधबारको कारोबारमा सेयर बजार परिसूचक १.१९ प्रतिशतले घटेको थियो भने ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ५.४६ अंक अर्थात १.११ प्रतिशतले घटेर ४८७.०७ अंकमा ओर्लिएको थियो।

बुधबार २२९ कम्पनीको २ अर्ब ३५ करोड २३ लाख १७ हजार १ सय ४२ रूपैयाँ बराबरको ४९ लाख ५९ हजार ९ सय १९ कित्ता सेयर ३९ हजार ७ सय ८८ पटक खरिद बिक्री भएको थियो।

बिहीबार

नेप्सेमा साताको अन्तिम कारोबारको दिन बिहीबार ५२ अंकले बढेको थियो । बिहीबार नेप्से ५२.२१ अंकले बढेको थियो।

२५१४.६५ अंकबाट सुरु भएको बजार बन्द हुने बेलामा परिसूचक विन्दु २५६६.७९ अंकमा उक्लिएको थियो । बिहीबारको कारोबारमा सेयर बजार परिसूचक २.०८ प्रतिशतले बढेको थियो भने ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ६.२४ अंक अर्थात १.२८ प्रतिशतले बढेर ४९३.४३ अंकमा ओर्लिएको थियो।

बिहीबार २२६ कम्पनीको २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९ सय ७० रूपैयाँ बराबरको ५६ लाख १० हजार ६ सय ३१ कित्ता सेयर ४३ हजार ५ सय ३८ पटक खरिद बिक्री भएको थियो ।

समूहगत परिसूचक तर्फ कारोबार भएका १२ समूहका सेयर बढेका छन् भने १ समूहको सेयर मूल्य घटेको छ। आज सबैभन्दा बढी जलविद्युत समूहका सेयर धनीले कमाएका छन्। अन्य समूहको सेयर मूल्य घटेको थियो।

कारोबार

सेयर बजारमा सामान्य वृद्धि देखिएता पनि यो साता कारोबार रकम र मात्रा दुवैमा संकुचन आएको छ। साताभर औसतमा २ अर्ब ५५ करोड ९५ लाख रुपैयाँ बराबरका ५२ लाख ५६ हजार सेयर किनबेच भए। गत साता औसतमा ३ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ बराबरको ७५ लाख ९ हजार कित्ता कारोबार भएका थिए ।  १० अर्ब ५५ करोड ४३ लाख रुपैयाँ रहेको गत साताको कारोबार रकम ३१ करोड ६० लाख ३७ हजार रुपैयाँ घटेर १० अर्ब २३ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। कारोबार रकममा यो साता ३ प्रतिशत गिरावट देखिएको छ।

कारोबार मात्रा पनि २ करोड १० लाख २५ हजार कित्तामा सीमित छ। गत साता २ करोड २५ लाख २७ हजार कित्ता कारोबार भएको थियो। सातामा कारोबार मात्रा १५ लाख २ हजार कित्ता अर्थात् ६.६७ प्रतिशत घटेको छ।

 

बजार बढ्दा लगानीकर्ताको २९ अर्ब ९३ करोड १९ लाख रुपैयाँ पुँजीबजारमा पुनरागमन भएको छ । गत साताको अन्तिम कारोबारपछि ३६ खर्ब ७ अर्ब ६० करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबारको कारोबारपछि ०.८३ प्रतिशत बढेर ३६ खर्ब ३७ अर्ब ५३ करोड रुपैयाँमा पुगेको छ।

मिति

नेप्से परिसूचक

अंक फरक + वा – मा

कारोबार रकम रूपैयाँमा

फागुन २२ आइतबार

२५४३.३९

-३.६६

२ अर्ब ४९ करोड

फागुन २३ सोमबार

२५४४.९३

+१.५४

२ अर्ब ६० करोड 

फागुन २४ बुधबार

२५१४.६५

-३०.२९

२ अर्ब ३५ करोड

फागुन २५ बिहीबार

२५६६.७९

+५२.२१

२ अर्ब ७९ करोड

 

 

 


Author

थप समाचार
x