सेयर

सेयर बजार सुधारोन्मुख, १०१ अंकले बढ्यो बजार

इकागज |
फागुन २९, २०७८ आइतबार १५:३१ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको पहिलो कारोबारको दिन आज बजार परिसूचक १०१ अंकले बढेको छ । आइतबार सेयर मापक परिसूचक १०१.०७ अंकले बढेको हो । नेपाल बैंकर्स एशोसिएसनले चैत महिनाभर व्याजदर परिवर्तन नहुने जनाएपछि लगानीकर्ता सेयर बजार लगानीमा उत्साह देखाएका छन् । 

कारोबारको सुरुवात देखि नै बढ्दै गएको बजार बन्द हुने समयसम्म कायम रह्यो । आइतबार २५६६.९० सुरु भएको कारोबार बढेर २६६७.९७ अंकमा पुगेर आजको कारोबार बन्द हुन पुगेको थियो । अर्थात आज नेप्से परिसूचक ३.९४ प्रतिशतले बजार बढेको छ।


आइतबार 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक ३.३२ प्रतिशत अर्थात १६.३७ अंकले बढेर ५०९ दशमलव ९० अंकमा उक्लिएको छ ।

आज कारोबार रकममा समेत बढोत्तरी भएको छ। गत साता ३ अर्ब भन्दा मुनी कारोबार भएको बजारमा आज कारोबार भएका २ सय २८ कम्पनीको सेयर कारोबारमा ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३ सय ८७ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । आज सेयर कारोबार संख्या समेत बढेको छ । आइतबार ९० लाख २२ हजार ८ सय ९० कित्ता सेयर ६४ हजार ६ सय ३५ पटकको कारोबारमा खरिद बिक्री भएको थियो ।

समूहगत परिसूचकमा समेत आज १३ उपसमूहको सेयर मूल्य उल्लेख्य रूपमा बढेको छ । सबैभन्दा धेरै कमाउनेमा आज जीवनबीमा समूहको सेयर बढेको छ । आज जीवनबीमा समूह ६.९४ प्रतिशत, होटेल तथा पर्यटन ५.३७ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोडक्सन समूह ५.०२ प्रतिशत, फाइनान्स समूह ५.०१ प्रतिशत, निर्जीवन बीमा समूह ४.९८ प्रतिशतले बढेको छ।

उल्लेख्य रूपमा बजार बढ्दा १ सय ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य घटेको छ ।

आजको कारोबारमा एशियन लाइफ इन्स्योरेन्स, ज्योती लाइफ इन्स्योरेन्स तथा सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । इमर्जीङ नेपाल लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, सूर्य लाइफ इन्स्योरेन्स तथा मञ्जुश्री फाइनान्स कम्पनी सर्वाधिक कारोबार गर्ने कम्पनीहरू रहेका छन् ।

बजार बढ्दा पनि आजको कारोबारमा मेगा म्युचुअल फण्ड, प्राइम डिबेन्चर, कुमारी इक्युटी फण्ड, नबिल डिबेन्चर, सनराइज बैंक डिबेन्चर आज सर्वाधिक गुमाउने कम्पनी रहेका छन्।


Author

थप समाचार
x