सेयर

सिस्टम समस्याले नेप्सेमा १ घण्टा ५० मिनेटमात्र कारोबार

इकागज |
फागुन ३०, २०७८ सोमबार १८:९ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको दोस्रो कारोबारको दिन करिब १ घण्टा ५० मिनेटमात्र कारोबार भएको छ । ब्रोकरको डाटा सेन्टरमा समस्या आएको भन्दै नेप्सेले कारोबार करिब १२ बजेर ५० मिनेटमै बन्द गरेको थियो । समस्या समाधान पश्चात समय थपेर कारोबार गर्ने भनेपनि समयमा समस्या समाधान नभएको भन्दै  आजको लागि कारोबार बन्द भएको छ ।

कारोबारको सुरुवातबाटै गिरावट देखिएको बजार बन्द हुने समयमा ०.१५ अंकले सकारात्मक भएर २६६८.१२ अंकमा परिसूचक पुगेर बजार बन्द भएको थियो । सिस्टम डाउनअघि सम्म नेप्सेमा १ अर्ब ३४ करोड २२ लाख ३२ हजार ८ सय ३९ रुपैयाँ बराबरको कारोबार भएको थियो । १८ हजार ५ सय ९७ पटकको किनबेचमा २३ लाख ४९ हजार १० कित्ता सेयर खरिद-बिक्री भएको थियो । जसमा २२० कम्पनी सहभागी थिए ।


समूहगत उपसमूहका परिसूचक ६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनीको सेयर मूल्य घटेको छ । जीवन बीमा समूहको सेयर मूल्य बढेको छ । जीवन बीमा समूह आज १.०८ प्रतिशतले बढेको छ । त्यस्तै सबैभन्दा धेरै आज व्यापार समूहको सेयर मूल्य घटेको छ । व्यापार समूह आज ३.१६ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय कम्पनीको सेयर मूल्य घटेको छ । राष्ट्र उत्थान लघुवित्त, इमर्जीङ नेपाल लिमिटेड, कर्पोरेट डेभलोमेन्ट बैंक, स्वालम्बन लघुवित्त तथा प्रभु इन्सोरेन्स आज सर्वाधिक कारोबार गर्ने ५ कम्पनीभित्र परेका छन् ।

त्यस्तै सानिमा लार्ज क्याप फण्ड, युनाइटेड आइडीआइ मार्दी आरबी हाइड्रो पावर, साल्ट ट्रेडिङ कर्पोरेसन, मैलुङ खोला जलविद्युत तथा गुँरास लघुवित्तको सेयर गमाउने पाँच कम्पनी भित्र परेका छन् ।

 


Author

थप समाचार
x