सेयर

सेयर बजार १९ अंकले घट्यो, कारोबार रकममा पनि कमी

इकागज |
चैत २, २०७८ बुधबार १५:१७ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको चौथो कारोबारको दिन बुधबार १९ अंकले घटेको छ । आजको कारोबारमा बजार परिसूचक १९.६५ अंकले घटेको हो।

आइतबार १ सय अंक माथिले बढेको बजार सोमबार समस्याले गर्दा २ घण्टा मात्रै कारोबार तथा मंगलबारको कारोबारमा १७ अंकले घटेको थियो।


बुधबार २६५०.९७ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६३१.३२ अंकमा ओर्लिएको छ । अर्थात आज नेप्से परिसूचक ०.७६ प्रतिशतले बजार घटेको छ। बुधबार 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक १.०४ प्रतिशत अर्थात ५.२२ अंकले घटेर ४९७ दशमलव ३७ अंकमा उक्लिएको छ ।

बुधबार कारोबार रकममा पनि कमी आएको छ। आज कारोबार भएका २ सय ३१ कम्पनीको सेयर कारोबारमा २ अर्ब ५७ करोड ४ लाख १ हजार १ सय ८८ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ४९ लाख ६७ हजार ४ सय ७१ कित्ता सेयर ३७ हजार ३२ पटकको कारोबारमा खरिद बिक्री भएको थियो ।

समूहगत परिसूचकमा होटेल तथा पर्यटन, निर्जीवन बीमा समूह तथा म्यचुअल फण्ड समूह बढ्दा अन्य १० समूहको सेयर मूल्य घटेको छ । आजको कारोबारमा सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको सेयर २.०९ प्रतिशतले बढेको छ । आज अन्य समूहका सेयर मूल्य भने घटेको छ । अन्य समूह परिसूचक आज २.४७ प्रतिशतले घटेको छ ।

दोहोरो अंकले बजार घट्दा आज कारोबार भएका ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ३५ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबारमा इमर्जीङ नेपाल लिमिटेड, मैलुङ खोला जलविद्युत आयोजना, सोल्टी होटेल लिमिटेड, ओरियन्टल होटेल लिमिटेड तथा नेपाल फाइनान्स लिमिटेड सर्वाधिक कमाइ गर्ने पाँच कम्पनीभित्र परेका छन् ।

आज सर्वाधिक कारोबार हुनेमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, गरिमा विकास बैंक,  अपी पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी तथा हिमालयन डिस्टिलरी लगायतका कम्पनी रहेका छन् ।

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा नेपाल दुरसञ्चार प्राधिकरण, युनाइटेड आइडी आई आरबी हाइड्रो पावर,  शिव श्री हाइड्रो, घेल्मदी हाइड्रो तथा लिवर्टी इनर्जी लगायतका कम्पनी रहेका छन् ।


Author

थप समाचार
x