सेयर

८ दिनपछि नेप्सेमा १८ अंकको सुधार

इकागज |
चैत ७, २०७८ सोमबार १५:४१ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक साताको दोस्रो कारोबारमा सामान्य सुधार भएको छ। आजको कारोबारमा सेयर बजार परिसूचक १८.०७ प्रतिशतले बढेको छ ।

आइतबारको कारोबारमा करिव १५ अंकले घटेको नेप्सेमा आज तीव्र उतारचढावबीच अन्त्यमा सकारात्मकता तर्फ लम्किएको हो । गत साताको आइतबार १०१ अंकले बढेको बजार त्यसपछि क्रमश ओरालो लागेको थियो ।


सोमबार २६१६.५८ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६३४.६५ अंकमा उकालो लागेको छ । अर्थात आज नेप्से परिसूचक ०.६९ प्रतिशतले बजार बढेको छ। आज 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक ०.३९ प्रतिशत अर्थात १.९२ अंकले बढेर ४९६ दशमलव ३० अंकमा उक्लिएको छ ।

सोमबार कारोबार भएका २ सय ३१ कम्पनीको सेयर कारोबारमा २ अर्ब ५९ करोड २७ लाख  १८ हजार १ सय ३१ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। आज ५१ लाख ८९ हजार ८३ कित्ता सेयर ३७ हजार ९ सय ३९ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

समूहगत परिसूचकमा आज ११ समूहको सेयर मूल्य बढेको छ भने २ समूहको सेयर मूल्य घटेको छ । आज विकास बैंक समूह २.९५ प्रतिशत तथा जलविद्युत समूह २.७३ प्रतिशतले बढेको छ । घट्ने समूहमा भने होटेल र पर्यटन समूह ०.४३ प्रतिशत तथा अन्य समूह १.९ प्रतिशतले घटेको छ।

दोहोरो अंकले बजार बढ्दा आज कारोबार भएका १ सय ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको सेयर मूल्य घटेको छ ।

 आजको कारोबारमा बढी कमाउने कम्पनीमा इमर्जीङ नेपाल लिमिटेड, न्याग्दी ग्रुप पावर, माउन्टेन हाइड्रो , कर्णाली विकास बैंक, युनियन हाइड्रो नेपाल लगायत छन् ।

आज सर्वाधिक कारोबार हुनेमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रो पावर, जीवन बिकास लघुवित्त, अपी पावर कम्पनी, जीवन विकास लघुवित्त,  अपी पावर कम्पनी, शिवम् सिमेन्ट लगायतका कम्पनी रहेका छन् ।

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा नेपाल दुरसञ्चार प्राधिकरण, नविल डिवेन्चर,एनआइबीएल समृद्धी फण्ड, नविल प्रगति फण्ड तथा सिटिजन म्यचुल फण्ड रहेका छन् ।

 


Author

थप समाचार
x