सेयर

दोहोरो अंकले नेप्से बढेपनि कारोबार रकममा सुधार भएन

इकागज |
चैत ८, २०७८ मंगलबार १५:२९ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक साताको तेस्रो कारोबारको दिन पनि सुधार भएको छ। आजको कारोबारमा सेयर बजार परिसूचक १६.०४ अंकले बढेको छ । केही सातादेखि क्रमश ओरालो लागेको बजार सोमबार तथा मंगलबारको कारोबारमा उकालो लागको हो।

मंगलबार २६३४.६५ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६५०.७० अंकमा उकालो लागेको छ । अर्थात आज नेप्से परिसूचक ०.४८ प्रतिशतले बढेको छ। आज 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक ०.४१ प्रतिशत अर्थात २.०६ अंकले बढेर ४९८ दशमलव ३६ अंकमा उक्लिएको छ ।


आज कारोबार भएका २ सय ३५ कम्पनीको सेयर कारोबारमा २ अर्ब ५१ करोड ८८ लाख  ९४ हजार १ सय ७८ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। मंगलबार ५३ लाख २९ हजार ९ सय ९३ कित्ता सेयर ३६ हजार ७ सय ७२ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

समूहगत परिसूचकमा आज व्यापार बाहेक अन्य समूहको सेयर मूल्य बढेको छ। आज व्यापार समूह १.०४ प्रतिशतले घटेको छ ।

दोहोरो अंकले बजार बढ्दा आज कारोबार भएका १ सय ६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको सेयर मूल्य घटेको छ ।

 आजको कारोबारमा बढी कमाउने कम्पनीमा इमर्जीङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स, समता घरेलु लघुवित्त, एनएमबि हाइब्रिड फण्ड लगायतका कम्पनी रहेका छन् ।

आज सर्वाधिक कारोबार हुनेमा प्रभु इन्स्योरेन्स, नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, शिवम् सिमेन्ट, ज्योती विकास बैंक, जीवन विकास बैंक लगायतका कम्पनी रहेका छन् ।

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा सानिमा डिबेन्चर, कालिका पावर कम्पनी, न्याग्दी ग्रुप पावर, मैलुङ खोला जलविद्युत , शिव श्री हाइड्रो पावर लगायतका कम्पनी रहेका छन् ।

 

 


Author

थप समाचार
x