सेयर

नेप्से २० अंकले गिरावट, कारोबार रकम २ अर्बमा खुम्चियो

इकागज |
चैत ९, २०७८ बुधबार १५:२५ बजे

फाइल फोटो

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको चौथो कारोबारको दिन गिरावट आएको छ । बुधबार सेयर बजार २०.३४ अंकले गिरावट आएको हो । सोमबार र मंगलबारको कारोबारमा केही उकालो लागेको बजारमा आज पुन: गिरावट आएको हो ।

बुधबार २६५०.७० परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६३०.३६ अंकमा ओरालो लागेको छ । अर्थात आज नेप्से परिसूचक ०.७७ प्रतिशतले घटेको छ। आज 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक ०.८४ प्रतिशत अर्थात ४.२२ अंकले घटेर ४९५ दशमलव ११ अंकमा ओर्लिएको छ ।


बुधबार कारोबार रकममा पनि कमी आएको छ । आज कारोबार भएका २ सय २६ कम्पनीको सेयर कारोबारमा २ अर्ब ४ करोड ६३ लाख  ५२ हजार ५ सय ४७ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। आज ३९ लाख ८५ हजार ५ सय ७४ कित्ता सेयर २९ हजार ६ सय ७८ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

समूहगत परिसूचकमा व्यापार तथा म्यचुअल फण्ड बाहेक ११ समूहको सेयर मूल्य घटेको छ । व्यापार समूह ०.५ प्रतिशत तथा म्यचुअल फण्ड समूह ०.२५ प्रतिशतले बढेको छ । समूहगत उपसूचकमा सबैभन्दा धेरै फाइनान्स समूह १.५५ प्रतिशतले घटेको छ। २० अंकले बजार घट्दा आज कारोबार भएका ३० कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५६ कम्पनीको सेयर मूल्य घटेको छ ।

आजको कारोबारमा बढी कमाउने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त, इमर्जीङ नेपाल लिमिटेड, सनराइज बैंक डिबेन्चर, एनआइबिएल प्रगति फण्ड, नबिल डिबेन्चर लगायतका कम्पनी रहेका छन् ।

आज सर्वाधिक कारोबार हुनेमा एनआइसी एसिया बैंक, नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रो पावर, जीवन विकास बैंक, अपी पावर लगायतका कम्पनी रहेका छन् ।

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा बुद्ध भूमि हाइड्रो पावर, खानीखोला हाइड्रो पावर, जोशी हाइड्रो पावर, पाँचथर पावर कम्पनी तथा सेन्ट्रल फाइनान्स रहेका छन् ।

 


Author

थप समाचार
x