सेयर

रोकिएन सेयर बजारको ओरालो यात्रा

नेप्से १७ अंकले गिरावाट, कारोबार रकम ३ अर्बमाथि

इकागज |
चैत १०, २०७८ बिहीबार १५:२० बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबार पनि गिरावट आएको छ । आज नेप्से परिसूचक १६.६९ अंकले घटेको हो। सोमबार र मंगलबार  केही उकालो लागेको बजार आइत, बुध र बिहीबार भने झरेको  हो ।

बिहीबार २६३०.३६ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६१३.६७ अंकमा ओरालो लागेको छ । अर्थात आज नेप्से परिसूचक ०.६३ प्रतिशतले घटेको छ। आज 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.२५ प्रतिशत अर्थात ६.१७ अंकले घटेर ४८८ दशमलव ९४ अंकमा ओर्लिएको छ ।


बजार घटेपनि आज कारोबार रकममा भने केही सुधार देखिएको छ । आज कारोबार भएका २ सय २४ कम्पनीको सेयर कारोबारमा ३ अर्ब २४ करोड ८९ लाख  ४३ हजार ८ सय २५ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। आज ५२ लाख ९८ हजार ५ सय ४३ कित्ता सेयर ४५ हजार ७६ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

समूहगत परिसूचकमा निर्जीवन बीमा समूह तथा बीमा समूहबाहेक अन्य ११ समूहको सेयर मूल्य घटेको छ । निर्जीवन बीमा समूह १.०५ प्रतिशत तथा बीमा समूह २.५४ प्रतिशतले बढेको छ । समूहगत उपसूचकमा सबैभन्दा धेरै फाइनान्स तथा विकास बैंक समूहको सेयर १.९८ प्रतिशतले घटेको छ। १६ अंकले बजार घट्दा आज कारोबार भएका ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ४१ कम्पनीको सेयर मूल्य घटेको छ ।

आजको कारोबारमा बढी कमाउने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त, इमर्जीङ नेपाल लिमिटेड, युनाइटेड आइडी आई मार्दी आरबी हाइड्रो, ग्रीन लाइफ हाइड्रो, लाइफ इन्स्योरेन्स कर्पोरेसन लगायतका कम्पनी रहेका छन् ।

आज सर्वाधिक कारोबार हुनेमा जीवन विकास लघुवित्त, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेसन, अपी पावर, गुराँस लाइफ इन्स्योरेन्स लगायतका कम्पनी रहेका छन् ।

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा नेपाल फाइनान्स लिमिटेड, सामलिङ पावर कम्पनी, माउन्टेन हाइड्रो, मैलुङ खोला जलविद्युत कम्पनी तथा सिनर्जी पावर कम्पनी रहेका छन् ।


Author

थप समाचार
x