सेयर

नेप्से ४१ अंकले घट्यो, कारोबार रकममा बढोत्तरी

इकागज |
चैत १३, २०७८ आइतबार १५:२४ बजे

काठमाडौँ - साताको पहिलो दिन सेयर बजार उल्लेख्य रूपमा गिरावट आएको छ । आइतबार नेप्से ४१.४३ अंकले गिरावट आएको हो । पहिलो कारोबारको दिन बजारमा तीव्र उतारचढावबीच बजार २६ सय अंक तल ओर्लिएको छ ।

आइतबार २६१३.६७ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २५७२.२३ अंकमा ओरालो लागेको छ । अर्थात आज नेप्से परिसूचक १.५९ प्रतिशतले घटेको छ। आज 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.९५ प्रतिशत अर्थात ९.५५ अंकले घटेर ४७९ दशमलव ३९ अंकमा ओर्लिएको छ ।


 

बजार घटेपनि आज कारोबार रकममा सुधार देखिएको छ । आज कारोबार भएका २ सय ३२ कम्पनीको सेयर कारोबारमा ४ अर्ब ९८ करोड ९५ लाख  १४ हजार ४ सय १६ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। आज ८९ लाख २३ हजार १४ कित्ता सेयर ६२ हजार १ सय ६४ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

समूहगत परिसूचकमा निर्जीवन बीमा समूह समूहबाहेक अन्य १२ समूहको सेयर मूल्य घटेको छ । निर्जीवन बीमा समूह १.०९ प्रतिशतले बढेको छ । समूहगत उपसूचकमा सबैभन्दा धेरै अन्य समूहको सेयर ४.३६ प्रतिशतले घटेको छ।

४१ अंकले बजार घट्दा आज कारोबार भएका २५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ६६ कम्पनीको सेयर मूल्य घटेको छ ।

आजको कारोबारमा जीवन विकास लघुवित्तको सेयर मूल्यले सर्किट ब्रेक लागेको छ। अन्य बढी कमाउने कम्पनीमा इमर्जीङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, सानिमा जेनरल इन्स्योरेन्स, जेनेरल इन्स्योरेन्स कम्पनी लगायतका कम्पनी रहेका छन् ।

आज सर्वाधिक कारोबार हुनेमा अपी पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, सुर्य लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स लगायतका कम्पनी रहेका छन्।

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा मल्टी प्रपोज फाइनान्स, नारायणी विकास बैंक, नेरूडे लघुवित्त, मञ्जुश्री फाइनान्स लिमिटेड तथा युनाइटेड मोदी हाइड्रो पावर रहेका छन्।

 


Author

थप समाचार
x