सेयर

रोकिएन सेयर बजारको ओरालो यात्रा, ३० अंकको गिरावट

इकागज |
चैत १४, २०७८ सोमबार १५:२५ बजे

काठमाडौँ - साताको दोस्रो दिन पनि सेयर बजार ओरालोतर्फ लम्किएको छ । आइतबार नेप्से ४१ अंकले घटेको बजार सोमबार पनि निरन्तरता दिँदै ३० अंकले घटेको हो । सोमबार २५७२.२३ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २५४२.२९ अंकमा ओर्लिएको छ । आज २९.९८ अंक अर्थात आज बजार १.५९ प्रतिशतले घटेको छ। 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.०५ प्रतिशत अर्थात ५.०२ अंकले घटेर ४७४ दशमलव ३७ अंकमा ओर्लिएको छ ।

आइतबार ५ अर्बको कारोबार भएको बजारमा सोमबार भने साढे २ अर्बको कारोबार भएको छ । हिजो ४ अर्ब ९८ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो। आज कारोबार भएका २ सय ३१ कम्पनीको सेयर कारोबारमा २ अर्ब ५४ करोड ५३ लाख  २१ हजार ८ सय १४ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। आज ४९ लाख ५८ हजार ९ सय १४ कित्ता सेयर ४२ हजार ७ सय १२ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।


समूहगत परिसूचकमा आज सबै समूहको सेयर मूल्य घटेको छ । जसमा सबैभन्दा धेरै व्यापार समूह २.४६ प्रतिशत, फाइनान्स समूह २.३६ प्रतिशत, जीवन बीमा समूह २.३१ प्रतिशत, निर्जीवन बीमा समूह २.०३ प्रतिशत रहेका छन् ।

३० अंकले बजार घट्दा आज कारोबार भएका जम्मा २१ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ६७ कम्पनीको सेयर मूल्य घटेको छ ।

आजको कारोबारमा राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्यले सर्किट ब्रेक लागेको छ। अन्य बढी कमाउने कम्पनीमा इमर्जीङ नेपाल, नेष्डो समृद्ध लघुवित्त, न्याग्दी ग्रुप पावर लिमिटेड, आरबी बी म्युचुअल फण्ड लगायतका कम्पनी रहेका छन् ।

आज सर्वाधिक कारोबार गर्नेमा जीवन विकास लघुवित्त, अपी पावर कम्पनी, हिमालय डिस्टिलरी लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन लगायतका कम्पनी रहेका छन् ।

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा आइसीएफसी फाइनान्स लिमिटेड,  सानिमा लाइफ इन्स्योरेन्स, ज्योती लाइफ इन्स्योरेन्स, ग्रीन लाइफ हाइड्रो पावर तथा प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन्।

 

 


Author

थप समाचार
x