सेयर

८ दिनपछि सेयर बजारको उकालो यात्रा

इकागज |
चैत १६, २०७८ बुधबार १५:२६ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज परिसूचक बुधबारको कारोबारमा सुधार देखिएको छ। आज सेयर बजार ४०.६८ अंकले उकालो लागेको हो ।

आइतबार देखि मंगलबारसम्म निरन्तर ओरालो लाग्दा झन्डै ८६ अंकले बजार घटेको थियो । गत चैत्र ८ गते मंगलबार १६ अंकले उकालो लागेको बजार त्यसपछि क्रमश ओरालो लाग्दै २५२७ अंकमा ओर्लिएको थियो।


बुधबार २५२७.५८ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २५६८.२५ अंकमा उकालो लागेको छ । अर्थात आज नेप्से परिसूचक १.६१ प्रतिशतले बढेको छ। आज 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक १.७२ प्रतिशत अर्थात ८.१३ अंकले बढेर ४८० दशमलव ०६ अंकमा उक्लिएको छ ।

 

आज कारोबार भएका २ सय ३२ कम्पनीको सेयर कारोबारमा २ अर्ब २५ करोड १ लाख  १७ हजार २ सय ९६ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।  ४५ लाख २ हजार ५ सय ११ कित्ता सेयर ३६ हजार ८ सय ११ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

समूहगत परिसूचकमा आज १३ वटै समूहको सेयर मूल्य बढेको छ । जसमा अन्य सूमह ४.१२ प्रतिशत विकास बैंक समूह ३.३२ प्रतिशत, फाइनान्स समूह ३.२९ प्रतिशत, जलविद्युत क्षेत्र तथा होटेल तथा पर्यटन २.५१ प्रतिशतले बढेको छ ।

४० अंकले बजार बढ्दा आज कारोबार भएका १ सय ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको सेयर मूल्य घटेको छ ।

 आजको कारोबारमा बढी कमाउने कम्पनीमा इमर्जीङ नेपाल लिमिटेडको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ। आज अन्य बढी कमाउने कम्पनीमा, राष्ट्र उत्थान लघुवित्त,नेष्डो समृद्ध लघुवित्त, सामलिङ पावर कम्पनी, युनाइटेड आइडीआई मार्दी आर्बी हाइड्रो पावर लगायतका कम्पनी रहेका छन् ।

आज सर्वाधिक कारोबार हुनेमा सिद्धार्थ इन्स्योरेन्स,प्रभु इन्स्योरेन्स, नबिल बैंक, नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, शिवम् सिमेन्ट लगायतका कम्पनी रहेका छन् ।

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा एनसीसी डिबेन्चर, युनिलिभर नेपाल लिमिटेड,कुमारी इक्युटी फण्ड, सिटिजन बैंक  तथा सानिमा डिबेन्चर रहेका छन् ।

 

 


Author

थप समाचार
x