सेयर

साताको अन्तिम कारोबारमा २४ अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब भन्दा कम

इकागज |
चैत १७, २०७८ बिहीबार १५:१९ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबार पुन: गिरावट आएको छ । आज नेप्से परिसूचक २३.९५ अंकले घटेको हो। बुधबारको कारोबारमा ४० अंकले बढेको बजार बिहीबार पुन: ओरालोतर्फ लागेको हो।

बिहीबार २५६८.२५ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २५४४.३० अंकमा पुगेर साताको बजार बन्द भएको छ। अर्थात आज नेप्से परिसूचक ०.९३ प्रतिशतले घटेको छ। आज 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक ०.९६ प्रतिशत अर्थात ४.६० अंकले घटेर ४ सय ७५ दशमलव ४७ अंकमा ओर्लिएको छ ।


 

आज कारोबार भएका २ सय २८ कम्पनीको सेयर कारोबारमा १ अर्ब ८९ करोड १ लाख  ६४ हजार ६ सय ८६ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। आज ३७ लाख ८७ हजार ४५ कित्ता सेयर ३७ हजार ४ सय २९ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

समूहगत परिसूचकमा व्यापार समूहबाहेक अन्य १२ समूहको सेयर मूल्य घटेको छ। आज व्यापार समूह ०.७५ प्रतिशतले बढोत्तरी भएको हो।  समूहगत उपसूचकमा सबैभन्दा धेरै फाइनान्स, विकास बैंक तथा होटेल तथा पर्यटन क्षेत्रको सेयर क्रमश:  २.७६ प्रतिशत, २.३१ प्रतिशत र २.५१ प्रतिशतले घटेको छ।

आजको कारोबारमा बढी कमाउने कम्पनीमा इमर्जीङ नेपाल लिमिटेड सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ।

अन्य बढी कमाउने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, युनाइटेड आइडी आई मार्दी आरबी हाइड्रो, बोटलर्स नेपाल तराई लिमिटेड लगायतका कम्पनी रहेका छन् ।

आज सर्वाधिक कारोबार हुनेमा इमर्जीङ नेपाल लिमिटेड, एभरेष्ट इन्स्योरेन्स, नागरिक लगानी कोष, नबिल बैंक, युनियन लाइफ इन्स्योरेन्स लगायतका कम्पनी रहेका छन् ।

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा नारायणी विकास बैंक, युनाइटेड आइडी आई मार्दी आरबी हाइड्रो, युनियन हाइड्रो लिमिटेड, कर्णाली विकास बैंक तथा सप्तकोशी विकास बैंक रहेका छन् ।

 


Author

थप समाचार
x