सेयर

साताको सेयर बजार

साताभरमा ७० अंकले घट्यो सेयर बजार

कारोबार रकम १३.५ अर्ब

इकागज |
चैत १९, २०७८ शनिबार १७:७ बजे

काठमाडौँ - सेयर लगानीकर्ताको लागि यो सातापनि निराशाजनक रह्यो । साताको सुरुवात देखिनै गिरावट सुरु भएको सेयर बजार अन्तिम करोबारमा पनि कायम रहन पुग्यो । विगत केही महिनादेखि अस्थिर रहेको सेयर बजारलाई चुनाव घोषणा लगायतको कुराले बढाउने कतिपय विश्लेषकको तर्क विपरित निरन्तर ओरालो लागेको देखिन्छ ।

बीमा कम्पनीहरूको पुँजी वृद्धिले पनि बजार बढ्ने कतिपयको विश्लेषण विपरित बजार घट्न पुगेको छ । यस साता ५ दिन भएको कारोबारमा बुधबार मात्रै बजार सकारात्मक हुन पुगेको थियो । गत बिहीबार २६१३.६७ अंकमा ओर्लिएको बजार यो साता ६९.३७ अंक घटेर २५४४.३० मा पुगेको छ । बुधबार मात्रै सेयर बजार ४०.६८ अंकले वृद्धि भएको थियो ।


आइतबार

साताको प्रथम कारोबारमै नेप्से ४१ अंकले घट्न पुगेको थियो । साताको पहिलो कारोबारको दिन आइतबार नयाँ उत्साह लिएर बजारमा कारोबार गर्न पुगेका लगानीकर्ताहरूको उत्साह बजार ४१ अंकले घट्दा निरासामा परिणत भएको भएको थियो ।

आइतबार २६१३.६७ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २५७२.२३ अंकमा ओरालो लागेको थियो ।

बजार घटेपनि आइतबार कारोबार रकममा केही सुधार देखिएको थियो । यस दिन कारोबार भएका २ सय ३२ कम्पनीको सेयर कारोबारमा ४ अर्ब ९८ करोड ९५ लाख  १४ हजार ४ सय १६ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो।

सोमबार

आइतबार ४१ अंकले घटेपनि सोमबार बजार बढ्ने आशामा बसेका लगानीकर्ताहरू बजार ३० अंकले घट्दा निराश हुन पुगेका थिए। सोमबार २५७२.२३ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २५४२.२९ अंकमा ओर्लिएको थियो । सोमबार २९.९८ अंक अर्थात आज बजार १.५९ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.०५ प्रतिशत अर्थात ५.०२ अंकले घटेर ४७४ दशमलव ३७ अंकमा ओर्लिएको थियो।

साताको पहिलो कारोबारमा ५ अर्बको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकममा उल्लेख्य गिरावट आएको थियो। यस दिन कारोबार भएका २ सय ३१ कम्पनीको सेयर कारोबारमा २ अर्ब ५४ करोड ५३ लाख  २१ हजार ८ सय १४ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

मंगलबार 

आइतबार र सोमबार घटेको बजारलाई साताको तेस्रो कारोबारले पनि निरन्तरता दियो । मंगलबार नेप्से परिसुचक १४.२६ अंकले ओरालो लाग्दै २५२७.२७ अंकमा पुगेर सो दिनकव बजार बन्द भएको थियो।

मंगलबार २५४२.२९ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २५२७.५८  अंकमा ओर्लिएको थियो। यस दिन ३८ लाख ९० हजार १३१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार तीन कम्पनीको सेयर मूल्यमा १० प्रतिशत बढेर सर्किट मूल्यमा कारोबार भएको थियो । जसमा इमर्जिंग नेपाल नेष्ट्रो समृद्ध लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको रहेका थिए।

बुधबार

आइतबारदेखि निरन्तर गिरावट देखिएको बजार बुधबार भने केही ४० अंकले उकालो लागेको थियो । आइतबार देखि मंगलबारसम्म तीन दिनको करोबारमा निरन्तर ओरालो लाग्दा झन्डै ८६ अंकले बजार घटेको थियो ।

बुधबार २५२७.५८ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २५६८.२५ अंकमा उकालो लागेर बजार केही सुधारोन्मुख भएको थियो । यसदिन नेप्से परिसूचक १.६१ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटीभ परिसूचक १.७२ प्रतिशत अर्थात ८.१३ अंकले बढेर ४८० दशमलव ०६ अंकमा उक्लिएको थियो।

बुधबार कारोबार भएका २ सय ३२ कम्पनीको सेयर कारोबारमा २ अर्ब २५ करोड १ लाख  १७ हजार २ सय ९६ रूपैयाँ बराबरको ४५ लाख २ हजार ५ सय ११ कित्ता सेयर ३६ हजार ८ सय ११ पटकको कारोबारमा खरिद बिक्री भएको थियो।

बिहीबार

बुधबार ४० अंकले उकालो लागेकव बजार अन्तिम कारोबारको दिन बिहीबार पुन: गिरावट आयो। बिहीबार सेयर बजार परिसूचक २३.९५ अंकले घटेर साताको करोबार बन्द भएको थियो।

बिहीबार २५६८.२५ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २५४४.३० अंकमा पुगेर साताको बजार बन्द हुँदा ०.९३ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक ०.९६ प्रतिशत अर्थात ४.६० अंकले घटेर ४ सय ७५ दशमलव ४७ अंकमा ओर्लिएको थियो।

बिहीबार कारोबार भएका २ सय २८ कम्पनीको सेयर कारोबारमा १ अर्ब ८९ करोड १ लाख  ६४ हजार ६ सय ८६ रूपैयाँ बराबरको ३७ लाख ८७ हजार ४५ कित्ता सेयर ३७ हजार ४ सय २९ पटकको कारोबारमा खरिद बिक्री भएको थियो।

कारोबार रकम साढे १३ अर्ब

साताभरको कारोबार रकम करिब साढे १३ अर्बमा खुम्चिएको छ । साताको पहिलो कारोबार दिन आइतबार करिव ५ अर्ब कारोबार भएको बजार त्यसपछि क्रमश गिरावट आउदै अन्तिम दिनमा करिब १ अर्ब ९० करोडमा खम्चिएको थियो । साताभरमा नेप्से करिब १३ अर्ब ४२ करोड करोबार भएको थियो। गत साता ३७ खर्ब ५ अर्ब ५९ करोड रहेको पुँजीबजार यस साताको अन्तिम करोबारमा आइपुग्दा ३६ खर्ब १२ अर्ब २७ करोडमा आइपुगेको छ ।

यस्तो रह्यो साताभरको  बजारको सूचकांक

मिति

नेप्से परिसूचक

अंक फरक + वा - मा

कारोबार रकम

चैत १३ आइतबार

२५७२.२३

-४१.४३

४ अर्ब ९८ करोड

चैत १४ सोमबार

२५४२.२९

-२९.९८

२ अर्ब ५४ करोड

चैत १५ मंगलबार

२५२७.५८

-१४.२६

१ अर्ब ७५ करोड

चैत १६ बुधबार

२५६८.२५

+४०.६८

२ अर्ब २५ करोड

चैत १७ बिहीबार

२५४४.३०

-२३.९५

१ अर्ब ८९ करोड

 

 


Author

थप समाचार
x